+
+

जैन समुदायले भव्यताका साथ मनाए भगवान महावीर जन्मजयन्ति

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २ गते १४:३०

काठमाडौं । जैन धर्मका प्रर्वतक तथा भगवान महावीरको २६२१औं जन्म जयन्ति काठमाडौंमा भव्यताको साथ समपन्न भएको छ । नेपाल जैन परिषद्को आयोजनामा यही वैशाख १ गते पूर्व उपप्रधामन्त्री तथा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भएको हो ।

२६२१ औं जन्म जयन्तिको अवसरमा काठमाडौंमा प्रभातफेरि समेत गरिएको थियो । चैत्र शुक्ल त्रयोदशिको दिन मनाउँदै आएको यस जन्मजयन्तिलाइ हर्षोउल्लासको साथ मनाउन हरेक वर्ष देश तथा विदेशका बिशिष्ट व्यक्तिहरुको उपस्थितिमा यस जन्मजयन्ति मनाउँदै आइरहेको थियो ।

विश्वभर छरिएर रहेका जैन समुदायले यस दिनलाइ ठूलो चाडको रुपमा र अहिंसा दिवशको रुपमा मनाउने गर्छन् । साढे १२ वर्ष सम्मको निरन्तर साधना गरी जनमानसमा ज्ञानको ज्योती फैलाउनु जैन धर्मका प्रर्वतक तथा भगवान महावीरले ठूलो भूमिका निभाएका थिए ।

यस पटकको भववान महावीर स्वामीको २६२१ औं जन्मजयन्तिमा राजधानिमा रहेको नेपाल जैन परिषद्को निमन्त्रणामा देश तथा विदेशबाट जैन धर्मका विद्वान तथा अनुयायीको समेत बाक्लो उपस्थिति हरेको कार्यक्रम संयोजक सुमित जैनले बताए । नेपाल जैन परिषद्का अध्यक्ष महेन्ऽकुमार जैन भटेराको अध्यक्षतामा बैसाख १ गते शोभायात्रा र अर्चना सभा आयोजना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?