
काठमाडौं । लोकगायक तथा संगीतकार वसन्त थापाले ‘पाल्पाको चुकाउनी’ बोलको लोकदोहोरी गीत सार्वजनिक गरेका छन् ।
गीतमा वसन्त र लक्ष्मी मल्लको स्वर रहेको छ भने नवराज पन्तको शब्द तथा वसन्त स्वयंको संगीत रहेको छ । गीतलाई कृष्ण विकले एरेन्ज गरेका हुन् ।
भक्तपुरको दही र पाल्पाको चुकाउनीलाई विम्बको रुपमा प्रस्तुत गर्दै मायाप्रेमको गीत तयार पारिएको वसन्तले बताए । गीतको भिडियोमा वसन्त, सुनिल क्षेत्री, समारिका–स्मारिका ढकाल फिचर्ड छन् ।
दीपक एम सिंहको कोरियोग्राफी तथा निर्देशन रहेको गीतको भिडियोलाई अजय रेग्मीले खिचेका हुन् भने विकास ज्ञवालीले सम्पादन गरेका छन् । भिडियोका निर्माता सूर्य ओली हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4