+
+

सप्तरीमा आगलागी हुँदा एक बालकको मृत्यु, तीन घर जले

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २ गते १८:०३

२ वैशाख, सप्तरी । सप्तरीको बोदेबर्साइन नगरपालिकामा भएको आगलागीमा परी एक जना बालकको जलेर मृत्यु भएको छ । तीन वटा घर जलेर नष्ट भएको छ ।

नगरपालिकाको वडा नम्बर-१० अमरैया टोलमा शुक्रबार दिउँसो ४ बजे आगलागी भएको हो ।

आगलागीमा परी गोठमा सुतिरहेका स्थानीय शत्रुद्यन यादवका ५ वर्षीय छोरा शैलेश यादवको जलेर ज्यान गएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । यादवकै गोठघरमा आगलागी भएको हो ।

आगलागीमा शत्रुधन यादवको गोठ, रघुनन्दन यादवको घर, जागेश्वर यादवको पक्की घरको एउटा झ्याल जल्दा रु १७ लाख बराबरको क्षति भएको प्रहरीको भनाइ छ ।

आगलागीलाई स्थानीय बासिन्दा, नेपाल तथा सशस्त्र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?