+
+

भोलिसम्म स्थानीय तहको तालमेलको टुंगो लाग्छ : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३ गते ९:१९

३ वैशाख, चितवन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनकातर्फबाट चुनावी तालमेलको टुङ्गो भोलि (आइतबार)सम्ममा लागिसक्ने बताएका छन् ।

भरतपुर विमानस्थलमा आज शनिबार बिहान पत्रकारहरूसँग कुराकानी गर्दै उनले आजै (शनिबार) साँझसम्ममा खाका तयार हुने बताए ।

उनले गठबन्धनमा केही समस्या नहुने दाबी गर्दै भने, ‘आज बेलुकासम्म सिफारिस गर्ने भनिएको छ । हामी सम्भवतः भोलिसम्मा एउटा टुंगोमा पुग्छौं ।’

निर्वाचनको समयमा एउटै पार्टीभित्र समेत विवाद बहस हुने भन्दै उनले दलहरूका बीचमा सहमतिमा आउन समय लाग्नु स्वभाबिक रहेको बताए ।

भरतपुर महानगरका विषयमा छलफल के भएको छ भन्ने प्रश्नमा उनले छलफल भइरहेको जानकारी दिए ।

गठबन्धनबाट उम्मेदवार टुङ्ग्याउन सकस भइरहेको छ नि ? भन्ने प्रश्नमा उनले भने, ‘आरामसँग टुंङ्गिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?