+
+

पोखराको मेयर बन्न कांग्रेसमा मन्त्रीसहित १८ जनाको आवेदन

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ४ गते १८:०१

४ वैशाख, पोखरा । पोखरा महानगरपालिकाको मेयर पदको उम्मेदवार बन्न नेपाली कांग्रेसबाट बहालवाला मन्त्रीसहित १८ जनाले आवेदन दिएका छन् । आइतबार कांग्रेसको पोखरा महानगर समितिमा गण्डकी प्रदेशका कानुनमन्त्री विन्दुकुमार थापासहित १८ जनाले आवेदन दिएका हुन् ।

मेयर पदको उम्मेदवारका आकांक्षीलाई आइतबार ४ बजेसम्म आवेदन दिन भनिएको थियो । महानगर कमिटी सचिव गणेशबहादुर थापाका अनुसार महानगर प्रमुखको उम्मेदवारका लागि आवेदन दिनेमा सुदीपमोहन भट्टराई, परमेश्वर पोखरेल, निर्मलप्रसाद कर्मचार्य, कृष्णबहादुर केसी, बाबुराम आचार्य, सरस्वती गुरुङ, नन्दप्रसाद तिवारी, गंगाधर पराजुली, वीरेन्द्र नारायण बिजुक्छे, विश्वशंकर पालिखे, किशोरदत्त बराल, बाबुराम गिरी, गणेश बहादुर भट्टराई, कोपिला रानाभाट, किरण केसी, विश्व घिमिरे र ऋषि सापकोटा छन् ।

महानगर उपप्रमुखको उम्मेदवारका लागि १० जनाले आवेदन दिएका छन् । सचिव थापाका अनुसार आवेदन दिनेमा माया बराल कार्की क्षेत्री, लक्ष्मी पाण्डे क्षेत्री, रंगिला आचार्य, आनन्दी राणा कार्की, टीकाकुमारी गुरुङ, दीपक महत, मिलन थापा, चिनु गुरुङ, शिव केसी र गोविन्द नेपाली छन् ।

कांग्रेसबाट महानगर प्रमुख बन्न आकांक्षीले २५ हजार उपप्रमुख आकांक्षीले २० हजार रुपैयाँ तिरेर नाम दर्ता गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?