
४ वैशाख, सल्यान । सल्यानमा सत्तारुढ गठबन्धनका दलले स्थानीय तह चुनावमा तालमेल नगर्ने निर्णय गरेका छन् ।
गठबन्धन दलकातर्फबाट पालिकास्तरको बाँडफाँटको विषयमा सहमति नभएपछि दलहरुले तालमेल नगरी मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धामा जाने निर्णय गरेका हुन् ।
बैठकपछि नेपाली कांग्रेसका सभापति केशबहादुर विष्ट, उपसभापति सन्तोष केसी, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला सहइञ्चार्ज लोकबहादुर डाँगी, जिल्ला अध्यक्ष हरिहर केसी, नेकपा माओवादी केन्द्रका पार्टी इञ्चार्ज उमकान्त शर्मा र जिल्ला संयोजक कृतिबहादुर पुनले संयुक्त विज्ञप्ति निकालेर चुनावमा तालमेल नगर्ने जनाएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4