+
+

सत्ता गठबन्धनका शीर्ष नेतासहित निर्वाचन तयारी समितिको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ५ गते ७:०४

५ वैशाख, काठमाडौं । सत्ता गठबन्धन दलका नेता सम्मिलित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक सोमबार पनि बस्दै छ ।

स्थानीय तह निर्वाचनमा पालिकाहरुको भागबण्डा लगायतका विषयमा छलफल गर्न शीर्ष नेताहरुसहित संयन्त्रको बैठक बस्न लागेको हो । बैठक सोमबार बिहान नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आइतबार बसेको बैठकमा दलका नेताहरुले आ-आफ्नो दाबी प्रस्तुत गरेका थिए । आइतबारको बैठकमा नेकपा माओवादी केन्द्रले चितवनको भरतपुर, एकीकृत समाजवादीले पोखरा र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिका लिने प्रस्ताव प्रस्तुत भएको थियो । कांग्रेसले भने दाबी गरेको थिएन । आज महानगर र उपमहानगरपालिकाहरु भागबण्डामा छलफल गरी निष्कर्षमा पुग्ने प्रयास हुने नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?