+
+

बाँकेका चार पालिकामा जसपाले टुंग्यायो प्रमुखका उम्मेद्‍वार

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ५ गते १८:१८

५ वैशाख, नेपालगञ्ज । जनता समाजवादी पार्टी जसपा नेपालले बाँकेको नेपालगञ्ज उपमहानगरपालिकासहितका चारवटा स्थानीय तहमा प्रमुखको उम्मेद्‍वारको टुंगो लगाएको छ ।

८ वटा स्थानीय तह रहेको बाँकेका नेपालगञ्ज उपमहानगरपालिकाको मेयर तथा डुडुवा गाउँपालिका, जानकी गाउँपालिका र नरैनापुर गाउँपालिकामा अध्यक्षका उम्मेद्‍वार टुंगो लगाएको जिल्ला सचिव राजेन्द्र विश्वकर्माले जानकारी दिए ।

नेपालगञ्जमा मेयरमा जसपाका जिल्ला अध्यक्ष कमरुद्दिन राई, उपमेयरमा रमारानी बैश्य, डुडुवा गाउँपालिका अध्यक्षका लागि भण्डारीलाल यादव र उपाध्यक्षमा अतबुल खाँ, जानकी गाउँपालिका अध्यक्षमा राजिव बर्मा र नरैनापुर गाउँपालिकाका अध्यक्षमा मोहम्मद इस्तियाक अहमद शाह र उपाध्यक्षमा जयन्तीदेवी श्रीवास्तवलाई उम्मेद्‍वार बनाउने निर्णय भएको उनले बताए ।

नरैनापुरमा अध्यक्ष र उपाध्यक्ष पदका उम्मेद्‍वार हालका जनप्रतिनिधि हुन्, भने डुडुवाको अध्यक्ष पदका उम्मेवार डुडुवा वडा नं. ३ का वर्तमान वडाअध्यक्ष हुन् । जानकीको उपाध्यक्ष पदका उम्मेद्‍वार टुंगो लगाउन बाँकी रहेको जिल्ला सचिव बिश्वकर्माले जानकारी दिए ।

उम्मेद्‍वार चयन गरिएका पालिकामा आफूहरु बलियो रहेको जसपाको दाबी छ । सचिव विश्वकर्माले भने, ‘यहाँ अन्य पार्टीसँग गठबन्धन गर्न आवश्यक देखिँदैन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?