+
+

१० वैशाखमा महिला युवा उद्यमी सम्मेलन आयोजना हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ६ गते १२:३२

६ वैशाख, काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) ले आठौं महिला–युवा उद्यमी सम्मेलन (वाईईएसडब्ल्यू) २०२२ आयोजना गर्ने भएको छ । सम्मेलन काठमाडौंस्थित हायात प्यालेसमा १० वैशाखमा आयोजना हुनेछ ।

सम्मेलनमा कृषि, निर्माण कार्य, शारीरिक व्यायाम, परामर्शदाता, अनुसन्धान क्षेत्रमा संलग्न महिला युवा उद्यमीहरुको सहभागिता रहने छ । सम्मेलनको नारा व्यवस्थित र योजनावद्ध वाईईएसडब्ल्यू–२०२२ का साथ ‘बियोन्ड बेरियर्स’ रहेको छ ।

अन्तर्राष्ट्रिय मजदुर संगठन (आईएलओ), राष्ट्रिय वाणिज्य बैंक र युनाइटेड इन्स्योरेन्सले सम्मेलनको प्रयोजन गरेको आयोजकले जनाएको छ ।

कार्यक्रममा १५० भन्दा बढी उद्योगी व्यवसायी, सम्बन्धित क्षेत्रका विज्ञ, नव उद्योग तथा विद्यार्थीहरुको उपस्थिति रहने अपेक्षा गरिएको छ ।

कार्यक्रममा आमाको अचारको तर्फबाट संगिता पाण्डे, महिला उद्यमी महासंघकी अध्यक्ष निरु रायमाझी खत्री, गोल्डस्टारबाट विधुषी राना, एफवान सफ्ट इन्टरनेशनलबाट सुभाष शर्मा, दराज नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आँचल कुँवर लगायतले आ–आफ्नो अनुभव प्रस्तुत गर्ने छन् । महिला युवा उद्यमीको अगुवाइमा स्टार्टअप तथा नयाँ उद्यमहरुमा बिहे–नेपाल, एडुकेस, माकुसे र सुइरो आदि समेत को सहभागी रहनेछ ।

उद्यमशीलताको प्रबद्र्धन गर्ने उद्देश्यले स्थापना भएको नेपाली युवा उद्यमी मञ्चले सन् २०१३ देखि महिला–युवा उद्यमी सम्मेलन आयोजना गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?