+
+

वीरगञ्जमा लक्ष्यअनुसार उठेन राजस्व, ९ महिनामा ५० कराेड मात्रै

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ६ गते १९:२०

६ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष ०७८/७९ को ९ महिनामा लक्ष्यकाे ५२ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ । महानगरका अनुसार गत साउनदेखि चैत (९ महिना)सम्म ४९ करोड ७५ लाख २ सय ६६ रुपैयाँ ४८ पैसा राजस्व संकलन गरेको छ । महानगरले चालु आवमा ९५ करोड ४७ लाख ४ सय ७२ रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।

महानगरले चैत महिनामा मात्रै सवा १० करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यस्तै फागुनमा १० करोड २५ लाख ६७ हजार ९ सय ६९ रुपैयाँ ९७ पैसा राजस्व संकलन गरेको छ ।

महानगरपालिका राजस्व व्यवस्थापन शाखाका अधिकृत नवराज थापाका अनुसार गत आव ०७७/७८ को तुलनामा यसवर्ष १६ करोड ७२ लाख ७५ हजार २ सय ६६ रुपैयाँ ४८ पैसा बढी राजस्व संकलन भएको छ । गत आवको ९ महिनामा महानगरले ३३ करोड २ लाख ९९ हजार ५ सय ६२ रुपैयाँ राजस्व संकलन गरेको थियो ।

चालु आर्थिक वर्षको फागुन मसान्तसम्म सम्पत्ति कर १३ करोड ७४ लाख ३४ हजार २ सय ९० रुपैयाँ १६ पैसा, भूमिकर/मालपोत ८० लाख ३४ हजार ५ सय ३४ रुपैयाँ ८२ पैसा, घर जग्गा रजिष्ट्रेशन १३ करोड ५२ लाख १८ हजार ४ सय ७४ रुपैयाँ ८० पैसा, घर बहाल कर ५ करोड २९ लाख २० हजार ७ सय ३५ रुपैयाँ ८८ पैसा, बहाल बिटौरी कर १७ लाख ९८ हजार १ सय ४३ रुपैयाँ ४५ पैसा संकलन गरेको छ ।

यस्तै सवारी साधनमा लाग्ने कर (साना) बाट ८ लाख ३४ हजार ३ सय ३० रुपैयाँ, पूर्वाधार सेवा उपयोगमा लाग्ने करबाट २ करोड ३ लाख ६९ हजार ६६ रुपैयाँ ६७ पैसा, विज्ञापन करबाट ४७ लाख २९ हजार ७ सय ८ रुपैयाँ, अन्य मनोरञ्जन करबाट २ लाख  ३ हजार १ सय ८८ रुपैयाँ २९ पैसा राजस्व संकलन गरेको छ ।

महानगरले व्यवसाय रजिष्ट्रेशन दस्तुरबाट १ करोड ३७ लाख २६ हजार १ सय ४० रुपैयाँ, अखेटोपहारमा लाग्ने करबाट १ करोड १२ लाख ६७ हजार ५ सय ८९ रुपैयाँ ९६ पैसा, सरकारी सम्पत्ति बहालबाट प्राप्त आय २ करोड ११ लाख ४ हजार ३ सय ९५ रुपैयाँ १३ पैसा, अन्य स्रोतबाट प्राप्त बाँडफाँड नहुने कर ७१ लाख ६ सय ६३ रुपैयाँ ७० पैसा, विद्युत सेवा शुल्कबाट १ सय ८५ रुपैयाँ, अन्य सेवा शुल्क १ करोड ९३ लाख १९ हजार ३ सय २२ रुपैयाँ ५५ पैसा संकलन गरेको छ ।

राजश्व व्यवस्थापन महाशाखाका अधिकृत पवन प्रधानका अनुसार न्यायिक दस्तुरबाट १३ हजार ७ सय १५, अन्य प्रशासनिक सेवा शुल्कबाट ४ लाख ८३ हजार ३ सय ६५ रुपैयाँ, नक्सा पास दस्तुरबाट ४ करोड ३० लाख १५ हजार ९ सय ४५ रुपैयाँ २२ पैसा, सिफारिस दस्तुरबाट १ करोड ४५ लाख ६२ हजार ५ सय ५८ रुपैयाँ २५ पैसा राजस्व उठाएको छ ।

व्यक्तिगत घटना दर्ता दस्तुरबाट २१ लाख ९६ हजार ७ सय ८८ रुपैयाँ, नाता प्रमाणित दस्तुरबाट ८ लाख ५१ हजार ८ रुपैयाँ ५५ पैसा, अन्य दस्तुरबाट ६२ हजार २ सय ९०, प्रशासनिक दण्ड जरिवाना जफतबाट १८ लाख ४६ हजार ३ सय ८१ रुपैयाँ ९ पैसा र बेरुजुबाट ६० हजार ७१ रुपैयाँ १५ पैसा र परीक्षा शुल्कबाट ४ लाख १७ हजार ३ सय ८० रुपैयाँ असुल गरेको छ ।

अघिल्लो वर्ष ५० करोड ७५ लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखे पनि महानगरले ६६ करोड ८८ लाख ९४ हजार ४ सय ४६ रुपैयाँ ४६ पैसा राजस्व संकलन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?