+
+

एक सिजनपछि नै प्रिमियर लिगमा फर्कियो फुलहम

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ७ गते १३:०६

७ वैशाख, काठमाडौं । फुलहम एक सिजनपछि नै प्रिमियर लिगमा फर्किएको छ । इंग्ल्याण्डको दोस्रो श्रेणीको लिग फुटबल च्याम्पियनसिप अन्तर्गतका खेलमा प्रिस्टन नर्थ इन्डलाई ३–० ले हराउँदै फुलहमल चार खेल बाँकी छँदै प्रिमियर लिगमा बढुवा भएको हो ।

४२ खेलबाट फुलहम ८६ अंकसहित शीर्ष स्थनामा छ । फुलहम गत सिजन प्रिमियर लिगबाट रेलिगेसनमा परेको थियो ।

अलेक्जान्डर मिट्रोभिकले दुई गोल गरेपछि फुलहमले सहज जित हात पारेको हो । फाबियो कार्भाल्होले थप एक गोल गरे । मिट्रोभिक च्याम्पियनसिपमा गोलसंख्या ४० पुर्‍याएका छन् ।

फुलहमले पाँचौ स्थानमा रहेको नथिङहम फरेस्टलाई १६ अंकले पछि पारेको छ । फुलहमसँगै अर्को एक टोली सिधै शीर्ष डिभिजनमा बढुवा हुनेछ । अर्को एक टोली भने प्लेअफबाट बढुवा हुनेछ ।

डर्बी काउन्टी र ब्रान्सले भने च्याम्पियनसिपबाट रेलिगेसनमा परिसकेका छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?