+
+

गठबन्धनबाट काठमाडौं महानगरको उपमेयर को ?

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ७ गते १४:२१

७ वैशाख, काठमाडौं । सत्तारुढ गठबन्धनमा काठमाडौं महानगरमा मेयर नेपाली कांग्रेसले र उपमेयर नेकपा एकीकृत समाजवादीले लिने गरी भागबण्डा टुंगिएपछि अब उपमेयरको उम्मेद्‍वार को होला भन्ने चासो बढेको छ ।

एकीकृत समाजवादीबाट उपमेयरका लागि ईश्वरमान डंगोल, शुद्ध डंगोल, रामेश्वर श्रेष्ठ, रन्जना मास्के र सिता श्रेष्ठको नाम चर्चा छ । एकीकृत समाजवादीका काठमाडौं जिल्ला इन्चार्ज वसन्त मानन्धरले कसलाई बनाउने भनेर निर्णय नभएको र एक/दुई दिनमा निर्णय गरेर प्रदेश समितिलाई पठाउने बताए ।

एकीकृत समाजवादीले लैंगिक समानतालाई समेत ख्याल गर्दै कांग्रेसले प्रमुखमा महिला सिफारिस गरे पुरुष र पुरुष सिफारिस गरे महिलालाई उम्मेदवार बनाउने छ। कांग्रेसले महानगर प्रमुखमा सृजना सिंहलाई सिफारिस गर्ने तयारी गरेको छ । त्यसो भएको खण्डमा एकीकृत समाजवादीले चर्चामा रहेका नाममध्येबाट पुरुष उम्मेदवार पठाउने मानन्धरले जानकारी दिए ।

ईश्वरमान डंगोल हाल महानगरका प्रवक्ता र वडा नं. १५ का अध्यक्ष हुन । उनी दुई पटक वडाध्यक्ष भइसकेका छन् । शुद्ध डंगोल वडा नं. ७ को वडाध्यक्ष हुन् । त्यस्तै रामेश्वर श्रेष्ठ एकीकृत समाजवादीको महानगर कमिटी अध्यक्ष हुन । रन्जना मास्के एक पटक तत्कालीन वडा नं. ३१ को वडासदस्य भएकी छिन् । सिता श्रेष्ठसँग भने जनप्रतिनिधि भएको अनुभव छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?