+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

काठमाडौंमा गठबन्धनको मेयर प्रकाशमानपत्नी सिर्जना !

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ७ गते १७:२१

७ वैशाख, काठमाडौं । सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसकी सिर्जना सिंह उम्मेद्वार बन्ने लगभग निश्चित भएको छ ।

महानगर कार्यसमितिले आकांक्षीका नाम केन्द्रलाई सिफारिस नगर्दै सिंहलाई उम्मेदवार बनाउन नेताहरु सहमत भएका छन् । मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा कांग्रेस नेताहरुले सिंहलाई काठमाडौंमा मेयरको उम्मेदवार उठाउने बताएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।

विधानतः महानगर कार्यसमितिले सिफारिस गरेका नामबाट केन्द्रीय संसदीय समितिले उम्मेदवार छनोट गर्ने व्यवस्था छ । ‘सिर्जना सिंह कांग्रेसको काठमाडौंको मेयर हुने मिडियाबाट सुनेको छु,’ महानगरका कांग्रेस सभापति नीलकाजी शाक्यले भने, ‘नाम कसैको पनि अहिलेसम्म सिफारिस गरेको छैन ।’

काठमाडौं कांग्रेसको राजनीतिमा पकड सिर्जनाका पतिसमेत रहेका का‌ंग्रेस नेता प्रकाशमान सिंहमा छ । उनले इच्छाएकै व्यक्ति काठमाडौं मेयरको उम्मेदवार हुँदै आएका छन् । लामो समय सक्रिय राजनीतिमा नरहेकी सिंहले मेयरको इच्छा राखेपछि अन्य आकांक्षी पछि हट्नुपरेको छ ।

काठमाडौं मेयरको विषयमा मंगलबार शीर्ष नेताको बैठकमा पनि छलफल भएको थियो । नेता प्रकाशमान सिंह निकट काठमाडौंका एक जिल्ला नेताले भने, ‘सिर्जना भाउजुको नाम कांग्रेसको मेयरको उम्मेदवारमा निश्चित भएको सुनेको छु ।’

सिंहले भित्र भित्र मेयरको तयारी गरे पनि बाहिर भने मुख खोलेकी थिइनन् । महिलासंघ र नेविसंघ काठमाडौं समितिले सिंहलाई मेयरमा उठ्न दबाब दिएका थिए । सिंहले बाहिर मुख नखोले पनि उनी आफ्नो पक्षमा वातावरण बनाउन लागिरहेको नेविसंघका एक नेता बताउँछन् । ‘महिला संघ र नेविसंघका नेता कार्यकर्ता घरमा बोलाएर आफ्नो पक्षमा माहोल बनाउनुभएको हो’, नेविसंघका एक नेता भन्छन् ।

महिला संघ र नेविसंघका नेता कार्यकर्ता स्वस्फुर्त तरिकाले आएको बताउँछिन् सिंह । कांग्रेसका कार्यकर्ता घरमा आएर मेयरमा उठ्न आग्रह गर्दा आफ्नो आत्मबल बढेको उनले बताइन् । ‘अघि बढ्नुपर्छ भन्ने प्रेसर कार्यकर्ताबाट आइरहेको छ । मैले मात्रै चाहेर हुने होइन नि’, सिंहले अनलाइनखबरसँग भनिन् ।

सिंहले सक्रिय राजनीति २०३६ सालदेखि सुरु गरेकी थिइन् । २०३६ सालमा सिंह गोरखाको महिला संघको अध्यक्ष बनेकी थिइन् । त्यसपछि ०३८ सम्मको अवधिमा सिंह महावौद्ध क्याम्पसमा नेविसंघको इकाइ सभापति बनेकी थिइन् । सोही वर्ष शंकरदेव क्याम्पसको स्ववियु निर्वाचनबाट कोषाध्यक्ष बनिन् ।

२०४६ साल पश्चात् खुला राजनीति सुरु भएपछि सिंहले स्वास्थ्य शिविर सञ्चालन गर्दै आएकी थिइन् । ‘२०४६ साल पछि पार्टीमा पद लिइनँ तर स्वास्थ्यको क्षेत्रमा धेरै काम गरें’, उनले भनिन् । महिला संघ काठमाडौंको प्रमुख सल्लाहकार उनी २०४६ पश्चात् निरन्तर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?