+
+

एमालेलाई खरिद गर्न सम्भव छैन : ओली

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ७ गते १९:५६

७ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नातावादलाई नमान्ने बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित ‘युवासँग म’ अन्तर्क्रिया कार्यक्रममा उनले एमालेले नातावाद कृपावाद स्वीकार नगर्ने दावी गरे ।

‘एमालेमा नो नेपोटजिम, नो फेबरिजम, मेरो नजरमा सबै युवाहरु सबै बालबालिका छोराछोरी हुन्’ उनले भने । ओलीले एमालेले ‘गणेश प्रवृत्ति’लाई स्वीकार नगर्ने पनि बताए ।

सो कार्यक्रममा एक युवकले ओलीलाई एक युवा र ७ करोड लिएर आउने व्यक्ति कसलाई छान्नुहुन्छ भनेर प्रश्न गरेका थिए । जवाफमा ओलीले अनुचित पैसा र अनुचित कारोबार एमालेले स्वीकार नगर्ने बताए ।

उनले एमालेलाई खरिद गर्न सम्भव नभएको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?