+
+
Shares

माओवादीबाट निर्वाचित वडाध्यक्षसहित लोसपाका क्षेत्रीय सभापति कांग्रेस प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ७ गते १९:५३

७ वैशाख, कलैया । बाराको महागढीमाई नगरपालिकाका २ जना वडाध्यक्षसहित नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टीका स्थानीय नेता तथा कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

कांग्रेस प्रवेश गर्नेमा माओवादीबाट चुनाव जितेका वडा नं. ४ वडा अध्यक्ष कृष्णमुरारी यादव पनि छन् । यस्तै तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट वडा नं. ५ का वडाध्यक्ष बनेका गजेन्द्रप्रसाद जयसवाल पनि कांग्रेस प्रवेश गरेका छन् । फोरम लोकतान्त्रिक कांग्रेसमा समाहित भए जयसवाल निस्क्रिय थिए ।

यसैगरी लोसपाका क्षेत्रीय अध्यक्ष रामचन्द्र साह, महागढीमाई नगर अध्यक्ष बिश्वनाथ प्रसाद कुशवाह, नगर उपाध्यक्ष हरेन्द्र कुशवाह, जिल्ला सदस्य भुनेस्वरकुमार पास्वान, लोसपाका नेताहरु रबिन्द्र कुशवाह, रामनिवास कुशवाह, वीरकुमार साह, प्रभु कुशवाह, उमेश साहसहित राप्रपाका नेता जहिर अन्सारी, माओबादी केन्द्रका नेता रामपुकार कुशवाहलाई पार्टी प्रवेश गराएको बारा क्षेत्र नं. ४ का कांग्रेस सभापति सुनिल गुप्ताले बताए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?