+
+

म्यानचेष्टर सिटी शीर्ष स्थानमा उक्लियो, आर्सनलले चेल्सीलाई हरायो

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ८ गते ७:५५

८ वैशाख, काठमाडौं । म्यानचेष्टर सिटी एक दिनपछि नै प्रिमियर लिगको शीर्ष स्थानमा फर्किएको छ । बुधबार राति भएको खेलमा ब्राइटनलाई ३-० ले पराजित गर्दै सिटी शीर्ष स्थानमा उक्लेको हो । सिटीले लिभरपुललाई १ अंकले पछि पारेको छ ।

घरेलु मैदान एतिहाड स्टेडियममा पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि सिटीले दोस्रो हाफमा तीन गोल गरेको हो । सिटीका लागि रियाद माहारेजले ६३औं, फिल फोडेनले ६५औं र बर्नानर्डो शिल्भाले ८२औं मिनेटमा गोल गरे ।

जितपछि ३२ खेलबाट ७७ अंक जोडेर सिटी शीर्ष स्थानमा उक्लिएको छ । ३३ खेलबाट ४० अंक रहेको ब्राइटन १०औं स्थानमा छ ।

लिगअन्तर्गत नै शीर्ष चारको होडमा रहेको आर्सनलले लण्डन प्रतिद्वन्द्वी चेल्सीलाई ४-२ ले पराजित गरेको छ ।

एडी एनकेतिहले दुई गोल गरेपछि आर्सनलले चेल्सीलाई उसैको मैदानमा पराजित गरेको हो । एनकेतिहले १३औं र ५७औं मिनेटमा गोल गरे । यस्तै स्मिथ रोवले २७औं र बुकाया साकोले इन्जुरी टाइममा गोल गरे ।

चेल्सीका लागि टिमो वेर्नरले १७औं र सेजार एज्प्लिकुएटाले ३२औं मिनेटमा गोल गरे ।

जितपछि आर्सनलले चौथो स्थानको टोटनहम समान ५७ अंक जोडेको छ । तर गोलअन्तरमा पछि रहँदै पाँचौ स्थानमा छ । चेल्सी ३१ खेलबाट ६२ अंकसहित तेस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?