+
+

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ८ गते ११:५३

८ वैशाख, काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा ३ सय रूपैयाँ  बढेको छ । चाँदीको मूल्य घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्य एक लाख ४ सय रुपैयाँ तोकिएको छ भने चाँदीको मूल्य १३ सय ८० रुपैयाँ कायम भएको छ ।

बुधबार छापावाल सुन एक लाख ६ सय र तेजावी सुन एक लाख १ सय रुपैयाँमा खरिद बिक्री भएको थियो । यस्तै, हिजो चाँदी प्रतितोला १३ सय ८५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?