+
+

लोसपामा काठमाडौंको मेयरको उम्मेदवारका लागि दानिन्द्र जोशीको नाम सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ८ गते १४:१९

८ वैशाख, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को प्रदेश कमिटीले काठमाडौं महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार सिफारिस गरेको छ ।

मेयरमा दानिन्द्र जोशी र उपमेयरमा शारदा देवी मगरको नाम सिफारिस भएको लोसपा बाग्मती प्रदेश अध्यक्ष करण श्रेष्ठले जानकारी दिए ।

जोशी जिल्ला समितिका अध्यक्ष र मगर वरिष्ठ उपाध्यक्ष हुन् । श्रेष्ठका अनुसार महागरपालिकाको वडाहरुमा समेत उम्मेदवार टुंगो लगाउने काम भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?