+
+

सलमानको कार्यक्रममा शिव, सुबानी र सुशान्तले सांगीतिक प्रस्तुति दिने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ८ गते १४:४४

काठमाडौं । आगामी जेठ १४ गते दशरथ रंगशालामा हुने बलिउड अभिनेता सलमान खानको कन्सर्टमा एक दर्जन बढी नेपाली कलाकारले सांगीतिक प्रस्तुति दिने भएका छन् ।

आयोजक संस्था ओडीसीले सलमानको कन्सर्टमा प्रस्तुति दिने नेपाली कलाकारको लाइनअप सार्वजनिक गरेको छ । प्रबन्ध निर्देशक सीमान्त गुरुङका अनुसार प्रस्तुति दिने सबै कलाकारसँग औपचारिक सहमति समेत भइसकेको छ ।

गायक–गायिकाहरु शिव परियार, सुबानी मोक्तान, सुशान्त केसी, त्रिशला गुरुङ, रोहित शाक्य, सबीर श्रेष्ठ, प्रवीणकुमार श्रेष्ठ, स्वप्न सुमन, टुनाबेल थापा र संगीता दुलालले गायन प्रस्तुति दिने भएका छन् । अभिनेत्रीद्वय मुना गौचन र माला लिम्बुले डान्स प्रस्तुति दिनेछन् । डान्स प्रस्तुतिको लागि अझै केही कलाकार थपिने गुरुङले बताए ।

डिजे प्रेम र रेडमसले डिजेइङ प्रस्तुति दिने भएका छन् भने सञ्जय गुप्ताले कन्सर्ट होस्ट गर्नेछन् । ‘द ब्याङ रिलोडेड टुर’को तयारीबारे बुझ्न साताअघि सलमानका भाइ सोहेल खान काठमाडौंमा आएर पत्रकार सम्मेलन गरिसकेका छन् ।

कोरोना महामारीले थलिएको नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ओडीसीले कन्सर्ट आयोजना गर्न लागेको हो । दशरथ रंगशालामा हुने कार्यक्रममा ३० हजार दर्शक सहभागी हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?