+
+

‘फास्ट एण्ड फ्युरियस’को दशौं सिक्वेलको नाम ‘फास्ट एक्स’ रहने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ८ गते १६:३८

काठमाडौं । अन्ततः प्रतीक्षित हलिउड फिल्म ‘फास्ट एण्ड फ्युरियस’को दशौं शृंखलाले औपचारिक शीर्षक पाएको छ । निर्माता तथा अभिनेता भिन डिजेलले इन्स्टाग्रामबाट फिल्मको शीर्षक र लोगो सार्वजनिक गरेका छन् ।

दशौं सिक्वेलको नाम ‘फास्ट एक्स’ रहने भएको छ । सन् २०२३ को मे १९ मा रिलिज मिति तोकिएको यो फिल्मलाई लिएर विश्वव्यापी पर्खाइ छ । ‘एफ-९’ रिलिज भएको दुई वर्ष नहुँदै फिल्मको दशौं सिक्वेल रिलिज हुन लागेको हो ।

सन् २०२४ यो ‘फास्ट एण्ड फ्युरियस’को अन्तिम वर्ष समेत हुने जनाइएको छ । यी दुवै फिल्मलाई जस्टिन लिनले निर्देशन गर्नेछन् भने यसमा भिन डिजेल, मिसेल रोड्रिग्युज, जेसन मोमोआ, जोर्डना ब्रिवेस्टर, टाइरिस गिब्सन र लुडाक्रिस मुख्य भूमिकामा छन् ।

यो सिक्वेलमा ‘क्याप्टेन मार्भल’ अभिनेत्री ब्राय लार्सन समेत जोडिएकी छन् । ‘फास्ट एण्ड फ्युरियस’का सिक्वेलले नेपाली बक्स अफिसमा समेत राम्रो कमाउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?