+
+

गुटका-पान मसला कम्पनीको विज्ञापन गरेको विषयमा अक्षयले मागे माफी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ८ गते १८:३२

काठमाडौं । बलिउड अभिनेता अक्षय कुमार आफ्नो अभिनयमा जति अब्बल छन्, उनको फिटनेसले पनि मानिसहरुलाई उत्तिकै प्रभावित बनाउँछ ।

अक्षय न चुरोट खान्छन्, न त मदिरा नै सेवन गर्छन् । अन्तर्वार्ताहरुमा उनी यस्तै बताउने गर्छन् । साथै, उनी आफ्नो दिनचर्यालाई पनि अत्यन्त व्यवस्थित बनाउने प्रयासमा लागिरहन्छन् ।

आफूलाई सूर्तीजन्य र मदिरा कम्पनीबाट विज्ञापनका लागि थुप्रै अफर आउने गरेको भएपनि ‘भारतलाई बर्बाद गर्न नसक्ने’ भन्दै पन्छिने गरेको उनले बताउँदै आएका छन् ।

तर हालै मात्र अक्षयले गुटका-पान मसला कम्पनी ‘विमल’सँग हात मिलाउँदै सबैलाई चकित पारेका छन् । शाहरुख खान र अजय देवगणका साथमा उनले विमल कम्पनीको इलायची ब्राण्डको विज्ञापन गरेका छन् । यो विज्ञापनमा अक्षय देखिएसँगै प्रशसंकहरु रुष्ट बनेका छन् । उनीहरुले अक्षयका पुराना पोस्ट र भिडियो क्लिपहरु सेयर गर्दै आलोचना गरिरहेका छन् ।

प्रशसंकहरुको यस्तो आक्रोशपछि अक्षयले माफी मागेका छन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा उनले लेखेका छन्, ‘म माफी चाहन्छु, मेरा प्रशंसक र शुभचिन्तकसँग । केही दिनयता तपाईंहरुको प्रतिक्रियाले मलाई धेरै प्रभावित बनायो । मैले सूर्तीजन्य पदार्थको कहिल्यै प्रचार गरिनँ, न अब कहिले गर्नेछु । म विमल इलायची कम्पनीसँग सामेल भएपछि आएका तपाईं सबैको भावनाको सम्मान गर्छु । विनम्रताका साथ म यसबाट पछि हट्छु ।’

अक्षयले विमल कम्पनीबाट प्राप्त पारिश्रमिकलाई कुनै सामाजिक कार्यमा दान गर्ने समेत बताएका छन् । ब्राण्डसँगको सम्झौताका कारण विज्ञापन सार्वजनिक भइसकेकाले त्यसअनुसार कार्य गर्नुपर्ने बाध्यता भएपनि अब सूर्तीजन्य कुनै पनि सामग्रीलाई आफूले प्रवद्र्धन नगर्ने उनले स्पष्ट पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?