+
+

डब्ल्यूएचओका महानिर्देशक गेब्रेयससले गरे खोपकेन्द्रको अवलोकन

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ९ गते १४:२२

९ वैशाख, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले ललितपुरको पाटन माध्यामिक विद्यालयस्थित खोपकेन्द्रको अवलोकन गरेका छन् ।

शुक्रवार महानिर्देशक गेब्रेयससले पाटन माध्यामिक विद्यालयस्थित खोपकेन्द्रको अवलोकन गरेका हुन् । खोप केन्द्रबाट अहिले १५ महिना भन्दा माथिका र १५ वर्ष भन्दा कम उमेर समूहका बालबालिकालाई टाइफाइडबिरुद्धको खोप सञ्चालन भइरहेको छ ।

गत चैत्र २५ गतेबाट सरकारले देशभरका विभिन्न विद्यालयका खोपकेन्द्र स्थापना गरी टाइफाइडबिरुद्धको खोप अभियान सञ्चालन गरिरहेको छ । यो अभियान वैशाख १८ गतेसम्म सञ्चालन हुनेछ । त्यस्तै सरकारले खोपकेन्द्रहरुबाट टाइफाइडबिरुद्धको खोप र कोरोनाबिरुद्धको खोप पनि सञ्चालन गरिरहेको जनाएको छ ।

खोपकेन्द्र अवलोकनका क्रममा महानिर्देशन गेब्रेयससले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग भेट गरेका थिए । भेटपछि सञ्चारकर्मीहरुसँग बोल्दै मेयर महर्जनले महानिर्देशक गेब्रेयससले नेपालले कोभिड १९ बिरुद्ध सफलता पाएको र सोही कामको अवलोकन गरेको बताए ।

उनले ललितपुर महानगर क्षेत्रमा रहेको खोपकेन्द्रको अवलोकन गर्नु आगामी दिनमा नेपाल र ललितपुर महानगरपालिकालाई जनस्वास्थ्यको क्षेत्रमा सहयोगका लागि छलाङ मार्ने अवसर हुने बताए ।

मेयर महर्जनले भने, ‘कोभिड १९ पछि हामीले गरेका राम्रा कामको अवलोकन भ्रमण हो यो । यो हाम्रो निमित्त धेरै महत्वपूर्ण छ । उहाँको भ्रमणले पक्कैपनि स्वास्थ्य क्षेत्रमा भविष्यमा छलाङ मार्नेछ । आजको भ्रमणले ललितपुर महानगरपालिका र डब्ल्यूएचओमार्फत नेपाल सरकारले भविष्यमा यस्तो किसिमको कार्यक्रममा थप सहयोग प्राप्त हुनेछ भन्ने मेरो भनाइ रह्यो ।’

मेयर महर्जनले भेटका क्रममा महानिर्देशक गेब्रेयससले आगामी दिनमा नेपालको जनसवस्थ्यको क्षेत्रमा थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको जानकारी दिए । सरकारले गत वर्षको चैत्र २५ गतेदेखि देशभरका विभिन्न विद्यालयहरुमा खोप केन्द्र राखेर टाइफाइडबिरुद्धको खोप अभियान सञ्चालन गरिरहेको छ ।

खोप अभियानको पहलिो चरणमा सरकारले १५ महिना भन्दा माथि र १५ वर्ष भन्दा मुनिका बालबालिकाहरुलाई लक्षित गरेर खोप अभियान सुरु गरेको छ । यो अभियानमा लगभग ७५ लाख बालबालिकाले लाभ लिने सरकारको अनुमान छ ।

नेपाल भ्रमणका क्रममा रहेका महानिर्देशक गेब्रेयससले बिहीवार स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडा, परराष्ट्रमन्त्री डा. नारायण खड्का र उच्च पदस्थ व्यक्तिहरुसँग भेट गरेका थिए । आज उनले प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?