+
+

वर्षा सिवाकोटीले गरिन् प्रेमी आशिष गेलालसँग विवाह

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ९ गते १५:०७

काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटीले विवाह गरेकी छन् । अमेरिकामा बसोबास गर्ने आशिष गेलालसँग शुक्रबार काठमाडौंको नागार्जुन रानीवनस्थित रेसु भिल्लामा वर्षाले विवाह गरेकी हुन् ।

विवाह समारोहमा परिवारका सदस्य, सीमित आफन्त र साथीहरु गरी १५० जनाको उपस्थिति रहेको वर्षानिकट स्रोतले जनाएको छ । विवाहलाई निकै गोप्य राख्ने प्रयास गरिएको थियो ।

वर्षा र आशिष केही समयदेखि प्रेम सम्बन्धमा थिए । आशिष अमेरिकामा इन्जिनियर छन् । एक महिनाअघि मात्रै अमेरिका पुगेर फर्केकी वर्षाले त्यहाँबाट आएपछि विवाह गरेकी हुन् ।

विकासराज आचार्य निर्देशित ‘नाइँ नभन्नु ल २’बाट फिल्मी यात्रा तय गरेकी वर्षाले पशुपतिप्रसाद, वीर विक्रम २, लप्पनछप्पन २, पुरानो बुलेट, कारखाना लगायतका फिल्ममा अभिनय गरेकी छन् । उनी अभिनित फिल्म ‘लक्का जवान’ रिलिजको तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?