+
+

चुनाव लड्न ओखलढुङ्गामा २० शिक्षकले छाडे जागिर

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ९ गते १८:१२
जन्तरखानी माध्यमिक विद्यालयका प्रधानाध्यापक मेखबहादुर मगर राजीनामापछि विद्यालयबाट विदा हुँदै ।

९ वैशाख, ओखलढुङ्गा । स्थानीय तह निर्वाचनमा भाग लिन ओखलढुङ्गाका २० जना शिक्षकले जागिरबाट राजीनामा दिएका छन् ।

स्थानीय तह निर्वाचनको मिति घोषणा भए यता जिल्लाका विभिन्न विद्यालयका २० जना शिक्षकले जागिरबाट राजीनामा दिएका हुन । ‘केहि विविध कारणले जागिर छाड्ने पनि हुनुहुन्छ, तर अधिकांश शिक्षकले चुनाव लड्न राजीनामा दिनुभएको हो’ शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नेत्रप्रसाद गजुरेलले भने ।

देवी आधारभुत विद्यालय मानेभञ्ज्याङका शिक्षक रामचन्द्र महतो, सरस्वती आधारभुत विद्यालय रावादोलुका रामबहादुर बस्नेत, कालिका आधारभुत विद्यालय आहालेका शिक्षक चन्द्र कटुवाल, जेसे मावि जेसे पात्लेका गुन्जबहादुर सुनुवार, बालज्योती मावि चित्रेका मधुकरप्रसाद चौधरी, जन्तरखानी माध्यमिक विद्यालय जन्तरखानीका प्रधानाध्यापक मेखबहादुर मगरको राजीनामा स्विकृत भएको इकाइ प्रमुख गजुरलले बताए ।

यस्तै हिमगंगा मावि रावादोलुका शिक्षक डिल्लीराम बस्नेत, तिलक विश्वकर्मा र टोपबहादुर बस्नेत लगायत हर्कपुर माध्यमिक विद्यालय मानेभञ्ज्याङका गोविन्दप्रसाद अधिकारी, कालिका आधारभुत विद्यालय चुहानछापका शिक्षक जयकुमार कार्की, कालिका आधारभुत विद्यालयका भालुथुम्काका शिक्षक युवराज घिमिरेको पनि राजिनामा स्वीकृत भएको छ ।

सोडान्तर आधारभुत विद्यालय मानेभञ्ज्याङका होमप्रसाद दाहाल, भुमेथान आधारभुत विद्यालयका शिक्षक तोयानाथ काफले, चन्चला आधारभुत विद्यालय खोदम्पाका शिक्षक बालकुमार खड्का र जन्तरखानी मावि जन्तरखानीका शिक्षक शंखवीर राईले पनि शिक्षण पेशा छोडेको शिक्षा विकास तथा समन्वय इकाइ ओखलढुङ्गाले जनाएको छ । कार्यालयका अनुसार राजीनामा दिने अधिकांश शिक्षकहरुको पेन्सन भईसकेको छ ।

यस्तै राजीनामा दिने पाँच शिक्षकले अनिवार्य अवकाश पाउन लागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?