+
+

धनगढीको मेयरमा विवेकशील साझाको समर्थन गोपाल हमाललाई !

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ९ गते १९:२०

९ वैशाख, काठमाडौं । विवेकशील साझा पार्टीले धनगढी उपमहानगरपालिकाको उपमेयरको उम्मेदवार टुंगो लगाएको छ । विमला पन्त ओझालाई उपमेयरको उम्मेदवार बनाउने निर्णय भएको विवेकशील साझाले बताएको छ ।

इतिहास र समाजशास्त्रमा स्नातकोत्तर गरेकी विमला ओझासँग ३४ वर्ष उ.मा.बि. शिक्षक रहेको र २८ वर्षदेखि विभिन्न सामाजिक संघसंस्थामा काम गरेको अनुभव छ ।

विवेकशील साझाले मेयरको उम्मेदवार भने घोषणा गरेको छैन । नेताहरुका अनुसार पार्टी छाडेर स्वतन्त्र उम्मेदवार बनेका गोपाल हमाल (गोपी) लाई नै समर्थन गर्ने तयारी छ ।

विवेकशील साझाका एक नेता भन्छन्, ‘पार्टीलाई स्थापित गर्न उहाँले भूमिका खेलेकाले समर्थन गर्नुपर्छ भन्ने स्थानीय साथीहरुको राय छ । सम्भवतः पार्टीले धनगढीको मेयरमा छुट्टै उम्मेदवार उठाउने छैन ।’

सुदूरपश्चिममा विवेकशील साझाको संगठन बनाउन भूमिका खेलेका उनले स्थानीय चुनावको मुखमा भने पार्टी परित्याग गरेका हुन् । उनले मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?