९ वैशाख, नेपालगञ्ज । स्थानीय निर्वाचन २०७९ का लागि नेकपा एमाले नेपालगञ्ज उपमहानगरपालिकाले घोषणापत्र सार्वजनिक गरेको छ ।
पार्टी कार्यालयमा एक कार्यक्रमकाबीच नेपालगञ्जका मेयर पदका उम्मेदवार पशुपति मिश्रले घोषणा पत्र जारी गरेका हुन् ।
घोषणपत्रमा नीति तथा कानुन निर्माण, शिक्षालाई गुणस्तरीय र प्रतिस्पर्धी बनाइने, स्वास्थ्य अन्तर्गत नेपालगञ्जको स्वास्थ्य सेवा गुणस्तरी र निःशुल्क बनाइने, खानेपानी तथा ढल निकासको व्यवस्थापन गरी शुद्ध खानेपानीको सेवा दिइने उल्लेख छ ।
यस्तै फोहोरमैला व्यवस्थापन गर्दै सरसफाइलाई व्यवस्थित बनाइने, ग्रीन सिटी परियोजना, सडक तथा यातायात, आवास व्यवस्थालगायतलाई पनि घोषणा पत्रमा समावेश गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4