+
+

झापाको कचनकवलमा कांग्रेस र एमालेबीच तालमेल

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते १०:२२

११ वैशाख, विराटनगर । नेपाली कांग्रेसले झापाको कचनकवलमा नेकपा एमालेसँग तालमेल गर्ने भएको छ ।

सत्तारुढ गठबन्धनमा पाँच दलबाहेक अन्य दलसँग तालमेल नगर्ने सहमति भएको थियो भने प्रदेश १ नेतृत्वले एमालेसँग तालमेल नगर्न जिल्ला नेतृत्वलाई निर्देशन दिएको थियो । तर कांग्रेसको जिल्ला नेतृत्वले एमालेसँग सहमति गरेको छ ।

सहमतिअनुसार कचनकवलको अध्यक्ष कांग्रेसले लिने छ भने एमालेले उपाध्यक्ष उठाउनेछन् । ‘तालमेलका हस्ताक्षर भएको छैन, तर परिस्थीति त्यस्तै -हस्ताक्षर गर्ने) आउँदैछ,’ कांगे्रस, झापाका सभापति देउमान थेबेले भने, ‘झापामा अनौठो अभ्यास हुँदैछ ।’

राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनको निर्वाचन क्षेत्रमा पर्ने कचनकवलमा राप्रपाविरुद्ध एमाले र कांग्रेसको तालमेल अर्थपूर्ण भएको नेताहरुले बताएका छन् ।

लिङ्देनको निर्वाचन क्षेत्रमा एमाले-कांग्रेसले नयाँ अभ्यास गर्न लागेको जिल्ला सभापति थेबेले बताए । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा झापाबाट निर्वाचित प्रदेश सांसद हिक्मत कार्कीले केचनकवलमा कांग्रेस एमाले तालमेल हुने बताए । उनले भने, ‘कांग्रेसले अध्यक्ष लिए उपाध्यक्ष एमालेले उठाउनेछ ।’

२०७४ सालको स्थानीय तह निर्वाचनमा कचनकवलको अध्यक्षमा राप्रपा उम्मेदवार अन्जरा आलाम र उपाध्यक्षमा राप्रपाकै उम्मेदवार निमसरी राजवंशी विजयी भएकी थिइन् ।

कचनकवलमा कांग्रेसले कालेन्द्रप्रसाद सिंह राजवंशीलाई अध्यक्षको उम्मेदवार बनाएको छ । उनी २०७४ सालको निर्वाचनमा आलमसँग पराजित भएका थिए । उपाध्यक्षमा एमालेले नवराज भट्टराईलाई अघि सारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?