+
+

पोखराको मेयरमा गनेस पौडेलले दिए उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते १५:०९

११ वैशाख, पोखरा । अटेरी अभियानका परिकल्पनाकार गनेस पौडेलले पोखरा महानगर प्रमुख पदमा उम्मेद्वारी दर्ता गराएका छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरामा उनले उम्मेद्वारी दर्ता गराएका हुन् ।

उनको प्रस्तावकमा अप्सरा अधिकारी र समर्थकमा सरोज जीसी रहेका थिए । उम्मेदवारी दर्तापछि पौडेलले राजनीतिक अकर्मण्यताको विरुद्धमा आफूले उम्मेद्वारी दिएको बताए ।

स्थानीय तहमा दलीय भन्दा पनि स्वतन्त्र उम्मेद्वारले बढी काम गर्न सक्छन् भन्ने मान्यता स्थापित गर्नका लागि उम्मेद्वारी दर्ता गराएको पौडेलले बताए ।

उनले आफूले ६० हजार मत ल्याउन सक्ने दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?