+
+

मकवानपुरमा गठबन्धनले टुंग्यायो भागबन्डा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते १७:११

११ वैशाख, हेटौंडा। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सत्तारुढ गठबन्धनले मकवानपुरमा भागबन्डा टुंगो लगाएको छ ।

आइतबार बागमती प्रदेश स्तरीय गठबन्धको बैठकले भागबन्डा टुंग्याएको हो । गठबन्धनले गरेको सहमतिमा काग्रेस प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र माओवादी केन्द्रका प्रदेश अध्यक्ष सरल सहयात्रीले हस्ताक्षर गरेका छन् ।

प्रदेशको अन्य सहमति पत्रमा नेकपा एकिकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष तथा बागतमती इन्चार्ज केदार न्यौंपानेले हस्ताक्षर गरेका छैनन् । सहमतिमा समाजवादीले असहमति जनाएको बताइएको छ ।

बाहिरिएको भाडबण्डा अनुसार अनुसार काग्रेसले ५, माओवादीले ३ र नेकपा (एकीकृत समावजादी) ले २ वटा पालिकाहरु प्राप्त गरेको छ । कांग्रेसले वकैया, मकवानपुरगढी, मनहरी, राक्सिराङ र कैलाश गाउँपालिका प्रमुख प्राप्त गरेको छ भने माओवादी केन्द्रले थाहा नगरपालिका, बागमती र भीमफेदी गाउँपालिका प्रमुखमा उम्मेदवारी दिने भएको छ ।

गठबन्धनमा भएको सहमति अनुसार नेकपा एकीकृत समाजवादीले हेटौंडा उपमहानगरपालिका र इन्द्रसरोबर गाउँपालिका प्रमुख प्राप्त गरेको छ । गठबन्धनले पालिका अनुसार प्रमुख र उपप्रमुखको नाम भने केहि समयमा टुंग्याउने र सार्वजनिक गर्ने बताइएको छ ।

भागबन्डामा समाजवादीको असहमति

प्रदेश स्तरीय गठबन्धनबाट भएको भागबन्डा मकवानपुरको हकमा अमान्य रहेको बताइएको छ । भागबन्डामा असन्तुष्ठि व्यक्त गर्दै आसन्न निर्वाचनका लागि समाजवादीले दुई पालिकामा मात्र गठबन्धनसँग सहकार्य हुने बताएको छ ।

उम्मेदवारी दर्ताको समय सीमामा एक दिनमात्र बाँकी रहँदा गठबन्धको प्रदेश स्तरीय समितिले दुई पालिकामा सहकार्य गर्ने र बाँकी ८ वटामा मित्रवत प्रतिश्पर्धामा जाने भएको छ ।

समाजवादीले हेटौंडा उपमहानगरपालिका र इन्द्रसरोवर गाउँपालिकामा गठबन्धन कार्यान्वयन गर्ने छ भने अन्य ८ वटा पालिकामा मित्रवत प्रतिश्पर्धा गर्ने एकिकृत समाजवादीका स्थाई कमिटि सदस्य तथा मकवानपुरका इन्चार्ज ललित बस्नेतले बताए ।

जिल्लामा बाँकी रहेका ८ पालिकामा काग्रेस र माओवादीको सहकार्य हुनेछ भने समाजवादीले आफ्नो उम्मेदवार अघि सार्ने उनले जानकारी दिए । मकवानपुरमा १० वटा स्थानीय तह रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?