+
+

बाराका सबै पालिकामा कांग्रेसले टुंग्यायो उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १२ गते ९:५५

१२ वैशाख, बारा । नेपाली  कांग्रेसले बारा जिल्लाका सबै स्थानीय तहमा उम्मेदवार टुंगो लगाएको छ । आइतबार राति अबेरसम्म जनकपुरमा बसेको स्थानीय तह, जिल्ला र प्रदेश कमिटीको बैठकले उम्मेदवारको ‍टुंगो लगाएको हो ।

दुई उपमहानगरपालिका, पाँच नगरपालिका र ९ गाउँपालिकासहित १६ वटा पालिका रहेको बारामा कांग्रेसले गठबन्धनबाट कलैया उपमहानगरपालिकामा मेयर र जितपुर सिमरा उपमहानगरमा उममेयर पाएको छ ।

कलैयाको मेयरमा राजेश राय यादव र जितपुर सिमराको उपमेयरमा मेघा शाहीलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

कांग्रेसबाट महागढीमाई नगरपालिकामा उपेन्द्रप्रसाद यादव, सिम्रौनगढ नगरपालिकामा विजयशंकर यादव, निजगढ नगरपालिकामा सुरेश खनाल, पचरौना नगरपालिकामा मणिभुसन यादव, कोल्हवी नगरपालिकामा रामप्रसाद चौधरी, फेटा गाउँपालिकामा रुस्तम अन्सारी, आदर्शकोतवाल गाउँपालिकामा जवाहर साह उम्मेदवार बनेका छन् ।

यस्तै, प्रसौनी गाउँपालिकामा सुनिल गुप्ता, सुवर्ण गाउँपालिकामा राजेश यादव, करैयामाई गाउँपालिकामा भुनेश्वर धामी, विश्रामपुर गाउँपालिकामा अमिरिलाल पाल, देवताल गाउँपालिकामा हरिलाल दास, परवानीपुर गाउँपालिकामा लालबाबु यादव, बारागढी गाउँपालिकामा देवदत बछार थारुलाई उम्मेदवार बनाउने निर्णय भएको नेपाली कांग्रेस बाराका सभापति राजेश राय यादवले बताए ।

अधिकांश उम्मेदवारहरू अघिल्लो स्थानीय निर्वाचनमा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?