
१२ वैशाख, बुटवल । रुपन्देहीका १० गाउँपालिकामा नेपाली कांग्रेसले अध्यक्षका उम्मेदवार टुंगो लगाएको छ ।
सियारी गाउँपालिकामा थानेश्वर घिमिरे, मायादेवीमा ध्रुवनारायण चौधरी, शुद्धोधनमा विष्णुप्रसाद बस्याल र गैडहवामा वसिउल्लह मुसलमानलाई कांग्रेसले अध्यक्षको उम्मेदवार बनाएको छ ।
यस्तै कञ्चनमा नवराज ढकाल, रोहिणीमा वैजनाथ साहनी, सम्मरीमाईमा विनोद श्रीवास्तव, मर्चवारीमा ज्ञानप्रकाश मिश्रा र कोटहीमाई बलराम यादव उम्मेदवार बन्ने कांग्रेस रुपन्देही सचिव हरि काफ्लेले जानकारी दिए ।
जिल्लाको एकमात्र उपमहानगर पालिका बुटवल र ५ नगरपालिकाको प्रमुखको उम्मेदवार यसअघि नै टुंगो लागिसकेको छ ।
जिल्लाका १० गाउँपालिका मध्ये २०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसले मायादेवीमा मात्रै जितेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4