+
+

‘परस्त्री’को छायांकन सकियो

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १२ गते १२:०८

काठमाडौं । फिल्म ‘परस्त्री’को छायांकन सकिएको छ । ४० दिन लगाएर फिल्मको छायांकन गरिएको निर्माता तथा लेखक दीपेन्द्र के खनालले जानकारी दिए । फिल्मको निर्देशन सुरज पाण्डेले गरेका छन् ।

एकभन्दा धेरै जनाको सम्बन्धमा बस्ने तीन मुख्य चरित्रको कथावस्तुमा आधारित फिल्मलाई खनालले लेखेका हुन् । क्राइम थ्रिलर जनरामा बनेको फिल्ममा शिल्पा मास्के, कोशिश क्षेत्री र गौरव विष्टको मुख्य भूमिका छ ।

कथावस्तु काठमाडौंमा खिचिएपनि गीत चाहिं हिमालपारिको जिल्ला मुस्ताङमा छायांकन भएको छ । ‘कामबाट सन्तुष्ट छु । जुन जनरामा फिल्म बनाउन खोजेको हुँ । त्यस्तै बनाउन खोजेको छु,’ लेखक खनालले अनलाइनखबरसँग भने ।

डेब्यु निर्देशक सुरज पाण्डेको काममा परिपक्वता देखिएको खनालले बताए । ‘डेब्युमा आत्तिने र मिस्टेक गर्ने काम कम देखिएको छ,’ उनले भने । फिल्मलाई तिहार छेकोमा आगामी कात्तिक ६ गते रिलिज गर्ने तयारी छ । फिल्मलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् ।

‘पशुपति प्रसाद’ फेम्ड निर्देशक खनाल निर्देशित ‘चिसो मान्छे’ असार ३ गते रिलिज हुँदैछ । उनी आगामी फिल्म ‘पशुपति प्रसाद २’को पटकथा लेखनमा समेत व्यस्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?