+
+

तनहुँमा एमाले र कांग्रेसको जोशी समूहबीच चुनावी तालमेल, यस्तो छ भागबण्डा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १२ गते १३:१९

१२ वैशाख, तनहुँ । तनहुँमा नेकपा एमाले र नेपाली कांग्रेसको गोविन्दराज जोशी समूहबीच चुनावी तालमेल भएको छ ।

१० वटा स्थानीय तहमध्ये एमालेले ९ वटा पालिकाको प्रमुख र ७ वटा उपप्रमुखमा उम्मेद्‍वारी दिने छ भने जोशी समूहले एउटा पालिकामा प्रमुख र तीन वटामा उपप्रमुख पाएको छ ।

एमालेले देवघाट गाउँपालिका,  म्याग्दे गाउँपालिका, शुक्ला गण्डकी नगरपालिका, भिमाद नगरपालिका, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिकाको प्रमुख र उपप्रमुख लिएर व्यास नगरपालिकाको मेयर, आबुखैरेनी  गाउँपालिका, बन्दिपुर गाउँपालिका र भानु नगरपालिकामा उपप्रमुख जोशी समूहलाई दिएको छ ।

जोशी समूहले व्यास नगरपालिकाको मेयरमा बसुन्धरा घर्तीलाई उम्मेदवार बनाउने भएको छ भने भागबण्डामा परेका पालिकाको उपप्रमुखको टुंगो लगाएको छैन । भागबण्डा मिलसँगै एमालेले देवघाट गाउँपालिकाको अध्यक्षमा दुर्गबहादुर थापा र उपाध्यक्षमा सावित्री न्यौपानेलाई उम्मेदवार बनाउने भएको छ ।

एमालेले म्याग्देको अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ र उपाध्यक्षमा रत्ना घिमिरे, शुक्ला गण्डकीको मेयरमा मुक्ति तिमिल्सिना र उपमेयरमा फूलमाया वाग्ले, भिमादको मेयरमा दधिराज सुवेदी र उपमेयरमा शारदा खनाल, घिरिङको अध्यक्षमा होमबहादुर थापा र उपाध्यक्षमा राधा अधिकारीलाई उम्मेदवार बनाउने भएको छ ।

एमालेले ऋषिङको अध्यक्षमा हरिराज कँडेललाई बनाउने भएको छ भने उपाध्यक्षको टुंगो लगाएको छैन । एमालेले आफ्नो भागमा परेको आँबुखैरेनीको अध्यक्षमा ऋषि केसी उपाध्यक्ष, बन्दिपुरको अध्यक्षमा सुरेन्द्र थापा, भानुको मेयरमा सीताराम बजगाईंलाई उम्मेदवार बनाउने भएको छ । एमालेले व्यासको उपमेयरमा बसुन्धरा घर्तीलाई उम्मेदवार बनाउने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?