+
+

जनकपुरधाम उपमहानगरको कांग्रेस सभापति छोडेका साहले दिए मेयरमा स्वतन्त्र उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १२ गते १३:५१

१२ वैशाख, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको कांग्रेस सभापतिबाट राजीनामा दिएका मनोज साहले मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

सत्तारुढ दलले गठबन्धनको तर्फबाट जनकपुरधाम उपमहानगरपालिकाको मेयर जनता समाजवादी पार्टी (जसपा) लाई दिने निर्णय गरेपछि साह असन्तुष्ट थिए ।

पटक-पटक निर्णय परिवर्तन गर्न पार्टी नेतृत्व तहलाई दबाव दिँदा पनि सुनुवाइ नभएपछि उनले शुक्रबार उपमहानगरको सभापति पदबाट राजनीमा दिएको घोषणा गरेका थिए । राजीनामा दिने क्रममा उनले मेयरमा स्वतन्त्र उम्मेदवारी दिने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?