+
+

माओवादीबाट वीरेन्द्रनगरको मेयरमा राजेन्द्रदेव गिरीको मनोनयन दर्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १२ गते १६:२८

१२ वैशाख, सुर्खेत । नेकपा माओवादी केन्द्रको तर्फबाट वीरेन्द्रनगर नगरपालिका सुर्खेतको मेयर पदमा राजेन्द्रदेव गिरीले उम्मेदवारी दर्ता गराएका छन् ।

सत्तारुढ दलहरु बिच सहमति नजुटेपछि माओवादी केन्द्रको तर्फबाट मेयरमा गिरीले र उपमेयर पदमा शान्ति ढकालले उम्मेदवारी दर्ता गराएका हुन् ।

सोमबार नेता तथा कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गराएका हुन् ।

मनोनयन दर्ता गराउन माओवादी केन्द्रका जिल्ला इन्चार्ज झक्कबहादुर मल्लसहितका नेता कार्यकर्ता पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?