+
+

पोखरामा कांग्रेसबाट ३ बागी उम्मेदवार, तिवारीले पनि गराए मनोनयन दर्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १२ गते १७:१९

१२ वैशाख, पोखरा । पोखरा महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका ३ जना नेताले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

सोमबार नेपाली कांग्रेसका नेता नन्दूप्रसाद तिवारीले मेयरमा उम्मेदवारी दिएपछि कांग्रेसबाट मेयरमा उम्मेदवारी दिनेको संख्या ३ पुगेको हो ।

सत्तारुढ दलहरुबीच महानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवार भागवण्डाका क्रममा पोखराको मेयर पद नेकपा एकीकृत समाजवादीलाई परेको थियो । तर कांग्रेसका नेता कार्यकर्ताहरु असन्तुष्ट थिए ।

मेयरमा बागी उम्मेदवारी दिने तिवारी देउवा समूहकै कास्कीका पुराना नेता हुन् । उनी नेपाली कांग्रेस प्रजातान्त्रिकको कास्की जिल्ला सचिव थिए । कांग्रेसबाट आइतबार विमलबहादुर कार्की र सोमबार ऋषि सापकोटाले पनि मेयरमा उम्मेदवारी दिएका थिए ।

कांग्रेस कार्यकर्ताको मनदेखि नै मत पाउने गरी आफूले उम्मेदवारी दर्ता गराएको तिवारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?