+
+
Shares

अत्यधिक पानी पर्न सक्ने भन्दै पोखराले दियो विद्यालयमा २ दिन बिदा

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ८ गते ८:१५
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य ।

८ असोज, पोखरा । सम्भावित बाढी, पहिरो तथा अतिवृष्टिका कारण पोखरा महानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरूमा दुई दिन स्थानीय बिदा दिएको छ ।

मौसममा आएको अचानक परिवर्तन र प्राकृतिक प्रकोपको उच्च जोखिमलाई मध्यनजर गर्दै पूर्वसावधानीस्वरूप आज ८ गते र भोलि ९ गते महानगरभित्र सञ्चालित सबै विद्यालयहरू बन्द रहने महानगरपालिकाले जनाएको छ।

मेयर धनराज आचार्यका अनुसार पठनपाठन बन्द गरिएको यी दुई दिनको अवधि पछि दिइने अन्य सार्वजनिक बिदासँग समायोजन गरिने छ ।

मेयर आचार्यले सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै महानगरले विपद्को यस जोखिमपूर्ण अवस्थामा विद्यार्थी, अभिभावक, शिक्षक तथा सम्पूर्ण नगरवासीलाई आ–आफ्नो स्थानमा सतर्क र सुरक्षित रहन आग्रह गरेका छन् ।

मौसम पूर्वानुमान महाशाखाले गण्डकी, लुम्विनी लगायतका क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको बताएको छ ।

धेरै वर्षा हुने प्रक्षेपण भएपछि विराटनगर महानरपालिकाले पनि विद्यालयमा दुई दिन बिदा दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?