+
+

मनोनयनको संख्या १ लाख ४१ हजार पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १३ गते १०:४७

१३ वैशाख, काठमाडौं । स्थानीय तहको विभिन्न पदमा उम्मेदवारी दिनेहरुकोसंख्या एक लाख ४१ हजार पुगेको छ ।

निर्वाचन आयोगले बिहान १०:३०  बजे अध्यावधिक विवरण दिंदै मनोनयन दर्ता गर्नेहरुको संख्या एक लाख ४१ हजार ४६८ पुगेको जानकारी दिएको हो ।

महानगर, उपमहानगर र नगरपालिकाको नगरप्रमुखमा तीन हजार ३१८, नगर उपप्रमुखमा दुई हजार ३६ जनाको उम्मेदवारी परेको छ । गाउँपालिकाको अध्यक्षमा तीन हजार ३०६ जनाको र उपाध्यक्षमा २३४३ जनाको उम्मेदवारी परेको छ ।

वडाअध्यक्षमा ३३ हजार १११, महिला सदस्यमा २४ हजार २८३, दलित महिला सदस्यमा २१ हजार ९७९ र सदस्यमा ५१ हजार ९२ जनाको उम्मेदवारी परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?