
१३ वैशाख, काठमाडौं । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था इन्जाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराइरहेका पत्रकार नारायण न्यौपानेलाई एक लाख रुपैयाँ सहयोग गरेको छ ।
इन्जाको एसिया उपाध्यक्ष समेत रहेका पत्रकार न्यौपाने लामो समय देखि राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत छन् । हाल शिक्षण अस्पतालमा उपचार गराइरहनु भएका न्यौपानेलाई उक्त रकम इन्जा ग्लोवलका सचिव दीपक रिजालले हस्तान्तरण गरे ।
नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था इन्जाले विपतमा परेका पत्रकारहरुलाई निरन्तर सहयोग गर्दै आएको इन्जा ग्लोबलका अध्यक्ष गुणराज लुइटेलले जानकारी दिए ।
पत्रकार न्यौपाने अझै केही दिन अस्पतालमा नै रहनुपर्ने अस्पताल प्रशासनले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4