+
+

६ वर्षपछि आईपीएलमा पुनरागमन गरेका ऋषि धवनको फेस शिल्ड चर्चा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १३ गते १४:२७

१३ बैशाख, काठमाडौं । अलराउण्डर ऋषि धवनले करिव ६ वर्षपछि पहिलो पटक इन्डियन प्रिमियर लिग (आईपीएल)मा पञ्जाव किंग्सका लागि सोमबार खेले ।

चेन्नाई सुपर किंग्सविरुद्धको खेलमा उनले प्रदर्शनबाट मात्र नभई आफूले लगाएको फेस शिल्डबाट समेत धेरैको ध्यान आकर्षण गरे ।

घरेलु प्रतियोगितामा हिमाञ्चल प्रदेशका लागि प्रभावशाली प्रदर्शन गरेपछि ३२ वर्षीय ऋषी धवनलाई पञ्जावले आईपीएल मेगा अक्सनमा न्यूनतम मूल्य ५५ लाख भारुमा अनुबन्ध गरेको थियो ।

गत वर्ष उनले आफ्नो टिमलाई ऐतिहासिक विजय हजारे ट्रफी जिताउन नेतृत्व गरेका थिए ।

आईपीएल पुनरागमनमा तीव्र गतिका बलर धवनले पञ्जावका लागि ठिकठाक प्रदर्शन गरे । ४ ओभरमा ३९ रन खर्चेए पनि धवनले चेन्नाईका शिबम दुबे र महेन्द्र सिंह धोनीको विकेट लिँदै पञ्जावलाई ११ रनले जिताउन भूमिका खेले । उनले अन्तिम ओभर बलिङ गर्दै चेन्नाईका फिनिसर धोनीको विकेट लिए ।

बलिङ स्पेल ४–०–३९–२ भए पनि सामाजिक सञ्जालमा धवनले लगाएको फेस शिल्डको चर्चा भयो । धेरैले पहिलो पटक बलरले यस्तो शिल्ड लगाएर बलिङ गरेको देखेको दावी समेत गरे ।

ऋषि धवनले आफ्नो नाकको सुरक्षाको लागि उक्त फेस शिल्ड लगाएका थिए । रणजी ट्रफीको बेला घाइते भएपछि उनले उपचारसमेत गराएका थिए । केही रिपोर्टका अनुसार घरेलु प्रतियोगिताको बेला उनलाई अनुहारमा चोट लागेको थियो ।

केही दिनअघि पञ्जाव किंग्सले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दा धवनले शिल्ड लगाएर अभ्यास गरेको देखिएको थियो ।

धवनले लामो समयपछि आईपीएलमा पुनरागमन गरेको भन्दै अहिले पूर्ण रुपमा ठीक रहेको बताएका छन् । ‘म ४ वर्षपछि आईपीएलमा कमब्याक गर्दैछु त्यसैले रणजी ट्रफीमा चोट लाग्दा अलि निराश भएको थिएँ । मैले शल्यक्रिया गर्नुपर्‍यो, जसले मलाई पहिलो चार खेलहरूबाट बाहिर राख्यो । तर म पूर्ण रूपमा ठीक छु र अहिले छनोटको लागि उपलब्ध छु । मैले कडा अभ्यास गरेको छु र बलियो पुनरागमनको आशा राखेको छु,’ उनले भनेका छन् ।

धवनले पछिल्लो पटक सन् २०१६ मा पञ्जावकै लागि आईपीएल खेलेका थिए । यस्तै सन् २०१४ मा पञ्जाव फाइनल पुग्दा पनि उनी टिममा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?