+
+

हुम्लाका ७ वडामा दलित महिलाको उम्मेदवारी शून्य

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १३ गते १७:१०

१३ वैशाख, हुम्ला । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा हुम्ला जिल्लाको दुई पालिकाका ७ वडामा दलित महिला सदस्यका लागि मनोनयन नपरेको पाइएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय हुम्लाका अनुसार नाम्खा गाउँपालिका १-६ वडा र चंखेली गाउँपालिका वडा नम्बर ५ मा दलित महिला सदस्यको उम्मेदवारी नपरेको हो ।  ७ गाउँपालिका रहेको हुम्लामा ४४ वटा वडा छन् ।

यी दुवै पालिकाका उक्त वडाहरुमा दलित समूदाय नरहेका कारण उम्मेदवारी नपरेको मुख्य निर्वाचन अधिकृत कार्यालय हुम्लाले जनाएको छ ।

हुम्लाका अन्य पालिकामा भने दलित महिला सदस्यको उम्मेदवरी परेको हुम्लाका मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले जानकारी दिए ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा अधिकृत पौडेलले भने, ‘हुम्लामा ४४ वटा वडा रहेको र जसमध्ये ७ वडामा दलित महिला सदस्यहरुको उम्मेदावरी परेको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?