+
+

निजी क्षेत्रको सुझाव : ७ लाखसम्म आयकर छुट, सेयर र हाउजिङमा विदेशी लगानी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १३ गते २१:३१
फाइल फोटो

१३ वैशाख, काठमाडौं । नेपाल उदोग वाणिज्य महासंघले सेयर बजारमा विदेशी नागरिकलाई लगानी गर्न दिनु पर्ने बताएको छ । आगामी आर्थिक वर्षको बजेटका लागि महासंघको राजस्व परामर्श समितिले तयार पारेको सुझाव पत्रमा सेयर बजारमा विदेशी लगानी भित्र्याउनु पर्ने बताएको हो ।

महासंघले विदेशी मुद्राको कारोबार खुला गर्नुपर्ने समेत बताएको छ । यसले कम्तीमा नेपाली रुपैयाँ र अमेरिकी डलरको कारोबार गर्ने व्यवस्था मिलाएको खण्डमा हेजिङको समस्यालाई टेवा पुग्ने महासंघको भनाइ छ ।

महासंघको राजस्व परामर्श समितिका सभापतिले सुझाव पत्रमा संस्थापक समूहको सेयरलाई सेयर बजारमा साधारण समूहको सेयर सरह कारोबार गर्ने व्यवस्था गर्न समेत माग गरेको छ । अहिले बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी लगायतको सेयरलाई संस्थापक र सर्वसाधारण समूह गरेर दुइ भागमा विभाजन गरिएको छ । दोस्रो बजारमा संस्थापक र सर्वसाधारण समूहको छुट्टाछुट्टै कारोबार हुन्छन् भने सेयर मूल्यमा बीच दुई समूहबीच अन्तर छ ।

समितिका सभापति सञ्जिवकुमार अग्रवालले प्रमोटर सेयरलाई साधारण सेयर सरह कारोबार गर्न दिदा बजारको विकासमा मद्दत पुग्ने बताए । उनले नेप्सेमा इन्ट्रा डे, सर्टसेल लगायतका उपकरणको व्यवस्था समेत गर्नुपर्ने बताए ।

सभापति अग्रवालले घरजग्गा क्षेत्रमा पनि विदेशी लगानी भित्र्याउनु पर्ने बताए । घरजग्गा क्षेत्रलाई उद्योगको रुपमा विकास गरी हाउजिङमा विदेशी लगानी विदेशी लगानी ल्याउनु पर्ने बताएका हुन् ।

सेयर बजार र हाउजिङमा विदेशीलाई स्वीकृति दिए, विदेशी मुद्रा भित्र्याउन सघाउ पुग्ने उनको भनाइ छ ।

व्यक्तिगततर्फको आयकरको सीमा बढाउन पनि महासंघले सरकारलाई सुझाएको छ । हाल कायम सीमा परिवर्तन गरी व्यक्तिगतर्फ सात लाख र दम्पत्तिको हकमा ८ लाख रुपैयाँसम्मको वाषिर्क आयमा कर छुट हुनुपर्ने माग महासंघको छ ।

सोमबार भएको अन्तरक्रियामा सभापति अग्रवालले छलफलका लागि कार्यपत्र प्रस्तुत गरेका हुन् । यसमा अन्य उद्योगी व्यवसायीहरुको पनि धारणा लिने र अन्तिम रुप दिएर अर्थमन्त्रीलाई सुझाव हस्तान्तरण गरिने अग्रवालले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?