+
+

दाङको दुई उपमहानगरपालिकामा १५ महिला उम्मेदवार

रासस रासस
२०७९ वैशाख १५ गते १०:५८

१५ वैशाख, दाङ । आसन्न स्थानीय तह निर्वाचनका लागि जिल्लाका दुई उपमहानगरपालिकाका प्रमुख पदमा ६ र उपप्रमुखमा नौ महिला चुनावी मैदानमा उत्रिएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङका अनुसार तुलसीपुर उपमहानगरपालिकामा नगरप्रमुखमा तीन र घोराही उपमहानगरपालिकाको प्रमुमा तीन महिलाले उम्मेदवारी दिएका छन् ।

तुलसीपुरको उपप्रमखुमा चार र घोराहीको उपप्रमुखमा पाँच महिला उपप्रमुखमा प्रतिस्पर्धा गर्दैछन् । तुलसीपुरमा नगर प्रमुखमा जगधनी चौधरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट, जया घर्तीमगर मङ्गोल नेशनल अर्गनाइजेसन पार्टी र प्रभा चौधरी नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार रहेको निर्वाचन अधिकृत राजेश्वर अर्यालले जानकारी दिए ।

त्यस्तै तुलसीपुर उपमहानगरको उपप्रमुखमा नेकपा(एमाले)बाट स्यानी चौधरी, नेकपा (माओवादी केन्द्रबाट) मनकुमारी महत, जनता समाजवादीबाट धनसरा विक र नेकपा (माक्सवादी लेनिनवादी)बाट फग्री चौधरी चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । तुलसीपुर नगरको प्रमुखमा १२ जनाको उम्मेदवारी परेको छ भने उपप्रमुखमा नौ जना छन् ।

यस्तै घोराही उपमहानगरपालिकाको नगरप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सरिता देवकोटा, मङ्गोल नेशनल अर्गनाइजेसनबाट कल्पना चौधरी र नागरिक उन्मुक्ति पार्टीबाट शान्ता चौधरी चुनावी मैदानमा रहेको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।

उपप्रमुखमा एमालेबाट हुमा डिसी, एकीकृत समाजवादीबाट शोभाकुमारी शाह, विवेकशील साझा पार्टीबाट लक्ष्मी जिएम, नेकपा (माक्सवादी)बाट राधिका क्षेत्री र स्वतन्त्रबाट वसन्ताकुमारी भट्टराई चुनावी मैदानमा छन् । सो पालिकामा नगरप्रमुखमा १५ र उपप्रमुखमा आठ जनाको मनोनयन दर्ता भएको छ ।

दुवै उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा पाँच दलीय गठबन्धनले महिलालाई उम्मेदवार बनाएका छैनन् भने नेकपा एमालेले दुवै उपमहानगरपालिकामा उपप्रमुखमा महिलालाई उम्मेदवार बनाएको छ ।

उन्नाइस वडा रहेको तुलसीपुर उपमहानगरमा पाँच दलीय गठबन्धन र नेकपा एमालेले महिलालाई वडाध्यक्षमा उठाएको छैन । समाजवादी पार्टीले वडा नं ६ बाट गीता देवकोटालाई, राष्ट्रिय जनमुक्ति पार्टीले वडा नं ४ बाट लीला पहाडीलाई र राष्ट्रिय प्रजातन्त्र पार्टीले वडा नं १४ बाट जानका पोख्रेललाई वडाध्यक्षमा उठाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?