+
+

दाङमा प्रमोद खरेल सवार कार दुर्घटना

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १५ गते १२:२८

काठमाडौं । गायक प्रमोद खरेल कार दुर्घटनामा परी घाइते भएका छन् । दाङ तुलसीपुरको कार्यक्रममा सहभागी हुन जाने क्रममा प्रमोद चढेको बा २० च ६२५७ नम्बरको कार मंगलबार राति १ बजेर १० मिनेटमा घोराही उपमहानगरपालिका-४ गोपीचोकमा दुर्घटनामा परेको हो ।

कारमा सवार अन्य दुई जना पनि सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । अनियिन्त्रत गतिका कारण कार दुर्घटना भएको प्रहरीको भनाइ छ ।

आयोजकले हाँकेको कार सडकको पर्खालमा ठोक्किएर दुर्घटना भएको र आफू ४५ मिनेट बेहोस भएको प्रमोदले बताएका छन् । दुर्घटनामा घाइते भएका उनलाई तत्कालै दाङ अस्पताल पु¥याइएको थियो ।

‘एउटा अर्को युद्ध जिन्दगीसँग’ भन्दै गायक प्रमोदले दुर्घटनाको खबरलाई बिहीबार बिहान फेसबुकमार्फत सार्वजनिक गरेका छन् । अस्पताल शैय्याको तस्वीर पोस्ट गर्दै उनले दाङबाट बुधबार बिहान ४ बजे काठमाडौं आइपुगेको र मनमोहन कार्डियो टिचिङ अस्पतालमा स्वास्थ्य परीक्षणपछि अहिले आराम गरिरहेको उनले उल्लेख गरेका छन् ।

अहिले प्रमोदको अवस्था सामान्य छ । केही दिनको लागि रेकर्डिङ र कार्यक्रम स्थगित गरेको उनले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?