+
+

‘अवतार २’ नेपालमा पुस १ गते रिलिज हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १५ गते १३:२२

काठमाडौं । विश्वमै सबैभन्दा धेरै कमाइ गर्ने हलिउड फिल्म ‘अवतार’को दोस्रो सिक्वेल आगामी पुस १ गते नेपालमा रिलिज हुने भएको छ । विश्वकै प्रतीक्षित फिल्मको श्रृंखला १३ वर्षपछि नेपालमा रिलिज हुन लागेको हो ।

डिज्नेले नेपाल र भारतमा फिल्मलाई एकसाथ प्रदर्शन गर्न लागेको हो । बलिउड ट्रेड एनालिस्ट तरण आदर्शले आगामी १६ डिसेम्बर २०२२ मा फिल्म रिलिज हुन लागेको जनाएका छन् । सन् २०१४ मा रिलिज हुने भनिएपनि महामारी र प्राविधिक कारणले रिलिजमा ढिलाइ भएको थियो ।

प्रदर्शकहरुको व्यापार मेला सिनेमांकन समारोहमा फिल्मको शीर्षक, लोगो र केही फुटेज सार्वजनिक गरिएको छ । ‘अवतार २’को शीर्षक ‘अवतार : द वे अफ वाटर’ राखिएको छ ।

नेपालमा डिज्ने र ट्वेन्टिथ सेन्चुरी फक्सको अधिकारिक बिक्रेता एप्पल इन्टरटेनमेन्ट हो । ‘अवतार’को प्रदर्शनसँगै नेपालमा थ्रीडी फिल्मको सुरुआत भएको थियो । पहिलोपटक तत्कालीन कुमारी र जयनेपाल हलमा अवतार प्रदर्शन गरिएको थियो ।

जेम्स क्यामरुन निर्देशित यो साइन्स फिक्सन फिल्मलाई यसपटक काल्पनिक पान्डोरा ग्रहको पानीमुनि छायांकन गरिएको छ । साम वर्थिङ्टन, जोय साल्दाना, स्टिफन ल्याङ, भिन डिजेल, जोएल डेभिड मुर्रे, मिचेल यो लगायतको मुख्य भूमिका छ ।

‘अवतार २’ को बजेट २५० मिलियन अमेरिकी डलर (३० अर्ब २५ करोड रुपैयाँ) रहेको भेराइटी म्यागजिनले जनाएको छ । ‘अवतार ३’ २० डिसेम्बर २०२४, ‘अवतार ४’ १८ डिसेम्बर २०२६ र ‘अवतार ५’ २२ डिसेम्बर २०२८ मा रिलिज हुने समेत जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?