
१५ वैशाख, कलैया । जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य प्रकाश चौगाईं र कलैया उपमहानगर कमिटी अध्यक्ष शिवनाथ पटेलले पार्टीको पदबाट राजीनामा दिएका छन ।
केन्द्रीय सदस्य चौगाईं र उपमहानगर अध्यक्ष पटेलले लिखित रुपमा राजीनामा दिंद पार्टी नेतृत्वसँग बुंदे प्रश्न समेत गरेका छन् ।
पार्टीले गठबन्धन अनुसार चुनाव लड्ने निर्णय गरे पनि बाराको दुईटा उपमहानगर मध्ये कलैया उपमहानगरपालिकामा गठबन्धन तर जितपुर सिमरा उपमहानगरपालिकामा जसपाबाट किन उम्मेद्वारी ? भनेर नेतृत्वसँग उनीहरुले प्रश्न गरेका छन् ।
चौगाईं र पटेलले बारामा भएको गठबन्धनले केही नेताको स्वार्थ र नियत देखिएको भन्दै फेटा गाउँपालिका र सुवर्ण गाउँपालिकामा के भएको भनेर प्रश्न उठाएका छन् ।
हेर्नुहोस् राजीनामाः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4