+
+

सिन्धुपाल्चोकको सुनकोशीमा एमाले र माओवादी केन्द्रबीच तालमेल

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १६ गते ८:५२

१६ वैशाख, काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल गर्ने सहमति भएको छ । माओवादी केन्द्रबाट अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएकी कृष्णकुमारी कुँवरलाई उम्मेदवारी फिर्ता लिन लगाएर एमालेका उम्मेदवार टपेन्द्र तिमल्सिनालाई सघाउने सहमति भएको हो ।

यसैगरी उपाध्यक्ष पदमा एमालेकी उम्मेदवार मञ्जु नेपाल भण्डारीलाई उम्मेदवारी फिर्ता लिन लगाएर माओवादी केन्द्रकी दुर्गा थापालाई सघाउने सहमति भएको छ ।

सत्ता गठबन्धनका दलहरुको बैठकले एमालेसँग तालमेल नगर्न सर्कुलर गरे पनि सिन्धुपाल्चोकको सुनकोशीमा भने गाउँपालिकास्तरीय नेताहरूबीच एमालेसँग तालमेल भएको हो ।

सुनकोशी गाउँपालिकामा नेपाली कांग्रेसले जितेको थियो । अहिले सो पालिकाको अध्यक्षमा नेपाली कांग्रेसका श्रवण जीसी उम्मेदवार छन् ।

माओवादी केन्द्र सिन्धुपाल्चोकका नेता सुवोध सापकोटाले तल्लो तहको मनोविज्ञान विरुद्ध जान नसकिएको बताए । ‘तलका साथीहरुले कांग्रेससँग कुनै पनि हालतमा तालमेल गर्न सकिंदैन भन्दै आउनु भएको थियो, त्यही अनुसार एमालेसँग तालमेल गर्नु भएछ,’ सापकोटाले भने ।

सापकोटाका अनुसार सिन्धुपाल्चोक जिल्लाका अन्य पालिकामा पनि सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेससँग माओवादी केन्द्रको तालमेल भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?