News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिन्धुपाल्चोकको भोटेकाशी हेली रिसोर्टबाट केही डिजिटल डिभाइस बरामद गरेको छ।
- टोलीले करिब १५ दिनअघि रिसोर्टमा लुटिएको एक चिनियाँ महिलाको उजुरीअनुसार अनुसन्धान गर्न पुगेको एसएसपी सन्तोष खड्काले बताए।
- उक्त महिलाले ९० हजार चिनियाँ मुद्रा, सुनका गरगहना, डलर, आइफोन र ल्यापटप लुटिएको उजुरी दिएकी थिइन् र रिसोर्टले मागिएको सामग्री उपलब्ध नगराएपछि टोली पुगेको छ।
६ जेठ, काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार सिन्धुपाल्चोकको भोटेकाशी हेली रिसोर्ट एण्ड स्पा रिसोर्टमा पुगेर केही डिजिटल डिभाइस बरामद गरेको छ ।
काठमाडौं उपत्यकाका तीन जिल्लाको अपराध हेर्ने मुख्य जिम्मेवारी पाएको अपराध अनुसन्धान कार्यालय सिन्धुपाल्चोक पुगेपछि किन पुग्यो भन्ने चासो उठेको छ । घटनाबारे अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले भने एक चिनियाँ महिला लुटिएको घटनाको अनुसन्धान गर्न टोली पठाएको बताएका छन् ।
उनका अनुसार करिब १५ दिन जति अघि एक चिनियाँ महिलाले उक्त रिसोर्टमा आफू लुटिएको भन्दै अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिएकी थिइन् ।
ती महिलाले आफूसँग भएको ९० हजार चिनियाँ मुद्रा, सुनका गरगहना, केही डलर आइफोन, ल्यापटप लुटिएको भन्दै जाहेरी दिएको प्रहरीले बताएको छ ।
विदेशी महिलालले जाहेरी दिएपछि यसबारे सोधपुछ गर्दै डिजिटल डिभाइसहरू मगाइएकोमा रिसोर्टबाट उपलब्ध नभएको एसएसपी खड्का बताउँछन् । माग गरिएको सामग्री नपठाएपछि आफ्नो टोली त्यहाँ पुगेको उनको भनाइ छ ।
फागुनको अन्तिम सातातिर रिसोर्टमा आफू लुटिएको, रिसोर्टको म्यानेजमेन्टमा भन्दा कुनै सुनुवाइ नभएको, आफ्ना सामानबारे पटक पटक गएर सोधपुछ गर्दा पनि समस्या सामाधान नभएपछि बाध्य भएर उजुरी दिएको ती महिलालले बताएको प्रहरीको दाबी छ ।
करिब दुई महिना पहिलाको घटनामा अहिले जाहेरी दिनुको पछाडि नै रिसोर्टका कर्मचारीले काम हुँदैछ भनेर झुलाएको ढिलो जाहेरी आएको बताएको प्रहरीले बताएको छ ।
यही घटनाको अनुसन्धानका लागि सामग्री नमाग्दा त्यही पुगेर बरामद गर्नुपर्ने अवस्था आएको एसएसपी खड्काले बताए ।
प्रतिक्रिया 4