+
+

उपमेयर कार्कीको उम्मेदवारी खारेज गर्न माग गर्दै घेराउ र प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १६ गते ११:१२

१६ वैशाख, विराटनगर । विराटनगर महानगरपालिकाको उपमेयरमा एमालेबाट उम्मेदवारी दिएकी शिल्पा निरला कार्कीको उम्मेदवारी खारेज गर्न माग गर्दै गठबन्धनका कार्यकर्ताले मुख्यनिर्वाचन अधिकृतको कार्यालय घेराउ गरेका छन् ।

उपमेयरका विरुद्ध परेको उजुरी खारेज गर्दै बिहीबार कार्यालयले उनको उम्मेदवारी सदर गरेको थियो । सदरको विरोधमा गठबन्धनका कार्यकर्ताले प्रदर्शन गरेका हुन ।

कोशी अस्पताल विराटनगरको सञ्चालक समिति सदस्यबाट राजीनामा नगरी उम्मेदवारी दिएको भन्दै उनको उम्मेदवारी खारेजको माग राखी निवेदन परेको थियो ।

निर्वाचन अधिकृतको कार्यालयमा कार्कीले वैशाख ११ गते राजीनामा दिएको कागजात पेश गरेकी थिइन् । तर अस्पतालले उनी सञ्चालक समितिमा रहेको र राजीनामा स्वीकृत नभएको भन्दै १३ गते पत्र दिएको थियो ।

निर्वाचन आयोगले भने मनोनयन दर्ता गर्नुअघि नै राजीनामा गरेको मनोनयन जाँच गर्ने अन्तिम समय १५ गते ( बिहीबार ५ बजेसम्म) राजीनामा स्वीकृत भइसकेको देखिएको भन्दै मनोनयन सदर गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?