+
+
Shares

देउवाको पत्र ५ बजेपछि मात्रै आएको हो : जिल्ला निर्वाचन कार्यालय

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १६ गते २०:२४

१६ वैशाख, काठमाडौं । जिल्ला निर्वाचन कार्यालय सर्लाहीले लालबन्दी नगरपालिकामा मनोनयन फिर्ताको विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पत्र ५ बजेपछि मात्रै आएको जानकारी गराएको छ ।

निर्वाचन आयोग स्रोतका अनुसार, सर्लाहीका जिल्ला निर्वाचन अधिकारीले पाँच बजेपछि पत्र आउँदैछ भनेकाले पत्र पुग्दा अझै ढिलो भएको भनी रिपोर्टिङ गरेका थिए । उनले मुख्य निर्वाचन अधिकृतलाई पनि त्यही व्यहोरावारे जानकारी गराएका थिए । सर्लाहीको मुख्य निर्वाचन अधिकृत मलंगवामा रहन्छन् । उनलाई अरु स्थानीय तहको सुपरिवेक्षणको मात्रै अधिकार छ ।

सर्लाहीको सबै स्थानीय तहको हकमा भने कांग्रेस सभापति शेरबहादुर देउवाको हस्ताक्षरयुक्त पत्रलाई नै आधिकारिक मान्ने भनी यसअघि नै अभिलेखमा रेकर्ड राखिएको निर्वाचन अधिकृतको कार्यालयका एक कर्मचारीले बताए ।

‘पत्रको आधिकारिकतामा शंका नै छैन’ उनले भने, ‘पाँच वजेपछि पत्र आयो, विवाद त्यही नै हो ।’ देउवाले लालबन्दी नगरपालिकामा कांग्रेसको तर्फबाट मेयर पदका उम्मेदवार बासुदेव अधिकारीको उम्मेदवारी फिर्ता भएको भनी शुक्रबार साँझ ५ बजेपछि निर्वाचन अधिकृतको कार्यालयमा पत्र पठाएका थिए ।

त्यतिबेलासम्म निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेको थियो ।

नामावली प्रकाशन भइसकेपछि आएको पत्रलाई नमान्न र अधिकारीको उम्मेदवारी कायम राख्न भन्दै कांग्रेस कार्यकर्ताले लालबन्दीमा प्रदर्शन गरिरहेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?